अर्जुन काफ्ले
स्याङ्जा, फागुन २६ गते । महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।
यहाँ ७३ हजार ५८४ सहयोग रसिदबाट, शिवलिङ्गबाट ३० हजार १५०, दुई लाख ४७ हजार ६ सय द्रुतसेवा, स्टलबाट ७५ हजार १५० रुपियाँ आम्दानी भएको बताइएको छ ।
यस्तै भजन मण्डलीबाट ९२ हजार ६५०, धान बिक्रीबाट ५० हजार, दानपेटीकाबाट ८१ हजार सातसय र पार्किङबाट सात हजार पाँचसय आम्दानी भएको आर्थिक सहयोग संकलन संयोजक शोभाकान्त पौडेलले जानाकारी दिनुभयो ।
महाशिबरात्री मेलामा हरेक हतारमा आउने भक्तजनबाट दुईसयका दरले सिधै दु्रतसेवामा जानेगरी रकम संकलन गरिएको थियो ।