• १३ असोज २०८१, आइतबार

आर्मी र पुलिसलाई कबड्डी उपाधि

blog

कबड्डीमा उपाधि विजेता आर्मीका खेलाडी ।

काठमाडौं, फागुन २६ गते । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले कबड्डी सुपर लिगको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा आर्मी पुरुष तथा पुलिस महिलामा च्याम्पियन बनेका हुन् । पुरुष/महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।

पुरुष फाइनलमा आर्मीले एपीएफलाई ३४–२४ ले हरायो । पुलिस तेस्रो भयो । अखिल नेपाल कबड्डी सङ्घले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा पुलिस एपीएफलाई ४१–२८ ले हरायो । काठमाडौँ उपत्यका टोली तेस्रो भयो । 

शीर्ष तीन स्थानमा रहने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र ११ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा पुलिसकी मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित हुनुभयो । 

तीनदिने प्रतियोगिताको पुरुषमा चार तथा महिलामा तीन टोलीले प्रतिस्पर्धा गरेका थिए ।