• १३ साउन २०८१, आइतबार

उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेतालाई उपप्रमुखको आग्रह

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल । फाइल तस्बिर

काठमाडौं, फागनु २६ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेताहरूलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधी तथा प्रयोगहीन भइसकेका भ्याक्सिनहरू बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्नुहुँदै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उहाँले सचेत पनि गराउनुभयो । बिक्रेताहरूले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्रीको काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल औषधी व्यवसायी सङ्घ, काठमाडौँ जिल्ला शाखाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दिइनुहुँदै उपप्रमुख डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधी बिक्रेताहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसायी अघि बढाउन पनि औषधी बिक्रेताहरूलाई अनुरोध गर्नुभयो । त्यसका लागि महानगरपालिकाकाले औषधी व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपप्रमुख डंगोलले बताउनुभयो ।

उपप्रमुख डंगोलले औषधी व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।