• २ असार २०८१, आइतबार

मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

blog

राजविराज (सप्तरी), फागुन २६ गते । कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका-१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पुलमुनि मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घटनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ  । 

पुलको तल शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस