• २ असार २०८१, आइतबार

रामधुनी सामुदायिक वनको सातौँ वर्षमा

blog

सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूहको सातौँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथिहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, फागुन २६ गते ।
 कोरोनाकालबाट विवादित बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूह सक्रिय भएको छ । केही वर्षदेखि निष्क्रिय रहेको वन समूहले सातौँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूहको आफ्नै प्राङ्गणमा गत आर्थिक वर्षको आय व्यय र प्रगति विवरण सार्वजनिक गर्दै सातौँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो । सिंहबाहिनी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना साधारण सदस्यहरूको उपस्थितिमा साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको समूहका उमेश मेहताले जानकारी दिनुभयो ।

साधारण सभा कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, पूर्व वडा अध्यक्ष ललित थापा सहित बुद्धिजीवीहरू र सदस्यहरूको उपस्थिति रहेको थियो ।