• २२ वैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु

blog

प्रदेशस्तरीय महिला खेलाडी छनोट कार्यक्रममा सहभागी खेलाडीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन २६ गते । 
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला  फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।

लुम्बिनी प्रदेशस्तरीय छनोट हुने महिला फुटबल टिमले बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा अगामी चैत २५ गतेदेखि सुरु हुने अन्तर प्रदेशस्तरीय राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेश फुटबल प्रशिक्षक जनक केसीले जानकारी दिनुभएको छ । उक्त प्रतियोगितालाई मध्यनजर गरेर छनोट कार्यक्रम भइरहेको बताउनुभयो ।

दाङको बेल्झुण्डी रङ्गशाला र अरनिको मैदान तुलसपुरमा भएको छनोट खेलमा दाङ, बाँके, बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका २४ महिला खेलाडीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा फागुन २५ र २६ गते दुई दिने हुने छ । छनोट कार्यक्रममा दाङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जात धिताल, लुम्बिनी प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष केशव चौधरी, दाङ फुटबल प्रशिक्षक दुर्गा राजलवटलगायतमा सहभागी रहनुभएको छ ।