• १३ साउन २०८१, आइतबार

नसर्ने रोगको उपचारमा सहुलियत प्रदान

blog

राममणि दाहाल

हेटौँडा, फागुन २६ गते  । बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श-या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ ।

पछिल्लो एक वर्षदेखि प्रादेशिक अस्पताल स्तरोन्नतिसँगै स्वास्थ्य सेवा सुविधा प्रदानलाई प्राथमिकतामा राख्दै आएको प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न नसर्ने रोगको उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा जटिल समस्या बन्दै आएको हृदयाघात रोगको उपचारमा प्रदेशभित्रका आर्थिक रूपमा विपन्न नागरिकलाई औषधीसँगै शल्यव्रिmयामा सहुलियत प्रदान गर्दै आएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हृदयाघात रोगको उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) र हृदयाघातको एन्जियोप्लास्टी सेवाका लागि सहुलियत प्रदान गरेको हो । 

हृदयाघात बिरामीलाई प्रारम्भिक चरणमा प्रदेशका प्रादेशिक अस्पतालबाट उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) औषधी प्रदान गर्ने व्यवस्था गरिएको छ । हृदयाघात भएपछि तत्कालै नसामा रगत जाम भएर वा मुटुमा अक्सिजन नपुगेर समस्या भएकालाई तत्कालै उपचारका लागि कार्डियोलोजिस्टको परामर्शमा ७५ हजार रुपियाँसम्मको औषधी प्रादेशिक अस्पतालबाट निःशुल्क उपलब्ध हुने छ । उक्त औषधीबाट मात्र काम नहुने भएपछि हृदयाघातको एन्जियोप्लास्टी सेवाका लागि सहुलियत प्रदान गर्न एक लाख १० हजार रुपियाँसम्मको उपचारमा सहुलियत दिने गरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जसँग सम्झौता गरिएको हो । 

चितवनस्थित भरतपुर अस्पतालसँग पनि एन्जियोप्लास्टी सेवाका लागि सम्झौता गरिएकोमा उक्त अस्पतालमा शल्यव्रिmयाको व्यवस्था नभएकाले थ्रोम्बोलाइटिक (टिएनके) औषधी प्रदान गर्ने अस्पतालसँग कुराकानी भइरहेको मन्त्रालयमा प्रवक्ता डा. खगेश्वर गेलालले जानकारी दिनुभयो । यस्तै चालु आव २०८०/८१ मा बागमती प्रदेशका अस्पतालमा शøया थपलगायतका निर्णय गरी प्रदेशिक अस्पतालको स्तरोन्नति गरिएको छ ।

बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री उत्तम जोशीले चालु आवबाट नै निजी, सामुदायिक तथा सरकारी अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीका लागि सामाजिक सेवा एकाइ स्थापना गरी कुल शøयाको १० प्रतिशत श-या छुट्याई निःशुल्क रूपमा उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेशको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८० प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो ।

नौ महिना १६ दिन प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रहेको भन्दै जोशीले भन्नुभयो, “ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यान्वयन भई पहिलो पटक यसै महिनामा रामेछाप जिल्ला दोरम्बा गाउँपालिकाकी एक जना महिलाको हवाई उद्धारसमेत भएको छ । बागमती प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्बास सेवा र फिजियोथेरापी सेवा गत भदौ १ गतेदेखि निःशुल्क उपलब्ध गराइएको र प्रदेशमा बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत समुदाय, आश्रममा आश्रित, महिला स्वयंसेविका र अपाङ्गता भएका क र ख वर्गका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । 

उहाँले चालु आवबाट नै बागमती प्रदेशमा सञ्चालन रहेका सबै सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी पार्किङ निःशुल्क रूपमा कार्यान्वयन भएको बताउँदै रसुवा अस्पताललगायतका सात वटा अस्पतालमा शववाहन वितरण गरेको बताउनुभयो ।

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई बागमती प्रदेश अस्पतालमा निःशुल्क दन्त सेवा र दन्त सहायता सेवा कार्यान्वयनमा आएको भन्दै उहाँले अगाडि भन्नुभयो, “प्रादेशिक अस्पतालमा आइसियु, एनआइसियु र क्याबिनबाहेकका श-या चालु आवबाट निःशुल्क गरिएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाको परिसरमा बायोमेडिकल वर्कसप स्थापना गरिएको छ ।