• १४ मंसिर २०८१, शुक्रबार

मुख्यमन्त्रीद्वारा श्रेष्ठको सालिकमा माल्यार्पण

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका –६ स्थित उद्योग वाणिजय संघको प्राङ्गणमा स्थापना गरिएको गोरखाको संस्थापक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा सामाजिक व्यक्तित्व चूडानारायण किसान बाबु श्रेष्ठको स्मरण गर्दै सालिकमा माल्यार्पण गर्नुभएको छ । 

वि.स २०३० देखि २०४४ सम्म लामो समयसम्म गोरखाको व्यापार व्यवसायलाई माथि उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका श्रेष्ठको स्मरण गरिएको हो ।  सफल व्यवसायी श्रेष्ठको उद्योग बाणिजय सङ्घ गोरखाको प्राङ्गणमा सालिक निर्माण गरिएको छ ।