• १३ साउन २०८१, आइतबार

खेलकुद क्षेत्रको विकास गर्ने: खेलकुद मन्त्री श्रेष्ठ

blog

काठमाडौँ, फागुन २४ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।  

उहाँले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप०लाई निर्देशन पनि दिनुभयो ।  

काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौँ–८ बाट निर्वाचित हुनुभएको हो । उहाँ २०७९ मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभाको सांसद बन्नुभएको थियो । बयालीस वर्षीय श्रेष्ठ २०७४ को चुनावमा बागमती प्रदेशको विवेकशील साझा पार्टीबाट समानुपातिक सांसद बन्नुभएको थियो ।  

यसअघि उहाँले  पर्यटन, वातावरण तथा दिगो विकास अभियन्ता, सामाजिक अभियन्ता, अस्पताल व्यवस्थापन, सामाजिक÷सांस्कृतिक क्षेत्रमा समेत काम गर्नुभएको थियो । वाणिज्य व्यापार विषयमा श्रेष्ठले स्नातकोपाधि हासिल गर्नुभएको छ ।