कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।
दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहोर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहोरमा अज्ञात समूहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।
इलामको रोङ गाउँपालिकाले पालिकाका ज्येष्ठ नागरिकलाई रेडियो वितरण गरिने भएको छ । बुढेसकालको साथीको रूपमा सुन्न र गाउँपालिकाका गतिविधि रेडियो मार्फत सूचना प्रवाह गर्नका लागि ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्न लागेको हो ।
भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ ।
पछिल्लो समयमा बाँकेमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले विद्यालयमै पुगेर सेचत गराउन थालेको छ ।
ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले रोग नियन्त्रण र उन्मूलनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मानित गरेको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधाम लगायत मधेश प्रदेशको विकासमा सरोकारवाला निकायलाई आपसी खिचातानी नगरी समझदारीमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ ।
खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।
डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।
दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले जित्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।