नेपालका विश्वविद्यालयमा कार्यकारी उपकुलपति (भिसी), रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति र पदस्थापनाका बारेमा बहस चलिरहेको छ । त्रिविले भर्खरै नयाँ भिसी पाएको छ । यसैबिच केही भिन्न सोच बोकेकी, उच्च शिक्षा सम्बन्धमा उच्च दखल भएकी नयाँ शिक्षामन्त्रीको आगमन पनि भएको छ । त्रिविको भिसीबाहेक अब अन्य विश्वविद्यालयमा पनि भिसीलगायत विविध पदाधिकारी नियुक्ति प्रक्रियाले तीव्रता लिँदै छ । नियुक्ति मात्रै महत्वपूर्ण विषय होइन । शिक्षानीतिबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । नयाँ शिक्षा प्रणाली २०२८ असान्दर्भिक भइसकेको छ । हालसम्म विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा हामी चुकिरहेका छौँ । यस आलेखमा विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानको अवधारणा अगाडि सार्दै अघि बढ्नु अपरिहार्य भइ
गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । आरुघाट गाउँपालिका र चुमुनुब्री गाउँपालिकाबाट विभिन्न स्थान र विभिन्न मितिमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । चोरी भएको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले बताउनु भयो ।
उपत्यकाका सडकमा एकैछिन उभिएर हेर्ने हो भने बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स होस् वा आगो निभाएर फर्किएको दमकल, सुरक्षा निकायको होस् वा स्थानीय तहका सवारीसाधन, शव वाहन होस् वा राष्ट्रिय झन्डा वाहक विशिष्ट व्यक्तिहरूको सवारीसाधन नै किन नहुन साइरन जडित त्यस्ता सवारीसाधन अत्यावश्यकबाहेक पनि ठुला ठुला आवाजमा हुइँकिरहेको बग्रेल्ती देख्न सकिन्छ । साइरन जडित यस्ता सवारीसाधनको कर्कस ध्वनिले ध्वनि प्रदूषणमा बढवा दिइरहेको छ । ट्राफिक सङ्केतको रातो बत्तीमा रोकिएर हरियो बल्दा स्टप लाइनमा रोकिएका र अगाडि बढ्न केही सेकेन्ड मात्र पनि ढिला गर्ने सवारीविरुद्ध पछाडिको सवारी चालकले हर्न बजाएर गर्ने विरोध, त्यसै गरी ‘ब्रेक नभए बरु खासै फरक नपर्ने तर हर्न अनिवार्य’ भन्ने सवारीचालकको मानसिकताले गर्दा पनि दिनानुदिन ध्वनि प्रदूषण बढिरहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
सरकारले अघि सारेको सुशासनसहितको विकासको मूलमन्त्रलाई केन्द्रमा राखेर सञ्चार मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण आधार तयार पार्ने काम गरेको छ । एक वर्षका बिचमा कानुनी, नीतिगत र संरचनात्मक सुधार तथा सुशासनको पक्षमा मन्त्रालयले महत्वपूर्ण जग हाल्ने काम गरेको छ । एक वर्षको बिचमा ऐन, नीति, नियमावली र निर्देशिका गरी १३ वटा कानुनमाथि छलफल आरम्भ गरेकोमा तीन वटा नियमावली र एउटा निर्देशिका पारित भएर कार्यान्वयनमा गएका छन् । मन्त्रीपरिषद्मा दुई वटा पुगेका छन् भने बाँकी कानुनका मस्यौदा अन्य मन्त्रालयको सहमति लिएर मन्त्रीपरिषद् पठाउने अन्तिम तयारीमा छन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
नेपालको संविधान, २०७२ ले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका अनेकौँ विभेद र उत्पीडन अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको छ । सोही संविधानले नेपालका अनेक वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प पनि गरेको छ ।
सम्झौता अनुसार निर्माण कार्य सम्पन्न हुन नसकेका पाँच हजार आयोजनाको म्याद थप गरिँदै छ । फागुन २१ गते सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन राजपत्रमा प्रकाशित भएपछि ३० दिनभित्र म्याद थपका लागि निवेदन दिनुपर्ने प्रावधान अनुसार निर्माण व्यवसायीले तयारी गरेका छन् ।
डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।
गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने/सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्बन्धित दुईदिने सिर्जनात्मक प्रदर्शनी र कार्यशाला सुरु भएको छ । बुढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड विद्यालयले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन/अध्यापनमा गाह्रो विषयका रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्बन्धित प्रदर्शनी आयोजना गरेको हो ।
आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग विहीबार साँझ छलफल गरेको र आज (शुक्रबार) बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।
पूर्वी नेपालको यातायात प्रस्थानबिन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रिबसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो ।
मिठो स्वरकी धनी सपना सुनामलाई नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चा बटुल्न सफलता मिलेको छ । उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा १३ वर्षदेखि सक्रियता रहँदै आएको छ । यस अवधिमा उहाँले दुई दर्जनभन्दा बढी गीतमा आवाज दिइसक्नुभएको छ । तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्डबाट विजेता सपनाले सफलताको यो शिखर चुम्न जीवनमा धेरै सङ्घर्ष गर्नु प¥यो ।