• २० वैशाख २०८१, बिहिबार

प्रदर्शनी र कार्यशाला सुरु

blog

काठमाडौँ, चैत २ गते ।  गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने/सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्बन्धित दुईदिने सिर्जनात्मक प्रदर्शनी र कार्यशाला सुरु भएको छ । 

बुढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड विद्यालयले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन/अध्यापनमा गाह्रो विषयका रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्बन्धित प्रदर्शनी आयोजना गरेको हो । विद्यालयका  संस्थापक/निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई  सरल र चाखलाग्दो रमाइलो गतिविधिसहित चित्र, तस्बिर, पजलको अभ्यासबाट सिकाउने लक्ष्यले विद्यालयपरिसरमा गणित पार्क बनाएको बताउनुभयो । 

प्रदर्शनीको दोस्रो दिन भने गणितविज्ञ र गणितका शिक्षक, अभिभावक, विद्यार्थीबिच गणित कार्यशाला आयोजना गरिएको छ । प्रधानाध्यापक जुनिता कार्कीले गणित सम्मेलनले विद्यालय शिक्षामा गणितमा रूपान्तरण, प्रभावकारी सिकाइ र गणितको महत्व उजागर गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।