पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।
नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ ।
सप्तरीको राजविराजस्थित कारागारमा १० महिनामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कारागारमा एक युवकले झुण्डिएर आत्महत्या गरेको कारागार प्रशासनले जनाएको छ ।
सप्तरीमा यस वर्ष बढी आँप उत्पादन हुने अनुमान छ । हाल मौसममा देखिएको अनुकूलता तथा आँपको रुखमा मञ्जरी लागेका कारण बढी आँप उत्पादन हुने अनुमान रहेको हो ।
दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधा समेत छ ।
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
पोखरा र आसपासमा रहेका रुसी नागरिकले पोखराको होटल वाराहीमा रहेको मतदान केन्द्रबाट शुक्रबार ९ बजेबाट मतदान गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी [तस्करी] नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
हामीलाई लाग्छ, मन भनेकै मुटु हो । के मन मुटुमै अवस्थित हुन्छ । यो प्रश्न किन पनि जरुरी हुन्छ भने स्नायुरोग विशेषज्ञले मान्छेको भावनात्मक स्थितिलाई मस्तिष्कले महसुस गर्ने दाबी गर्छन् । त्यसो भए हामी किन मन भनेर मुटुलाई सङ्केत गर्छौं ?