नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरुले र्याप वाक गरेका छन् ।
भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि एसीसी एसिया कप क्रिकेटको फाइनलमा घरेलु टोली श्रीलङ्काले भारतलाई जितका लागि ५१ रनका लक्ष्य दिएको छ ।
सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको हो ।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संवेदनशील नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय भएको छ ।
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आज (आइतबार) को बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ ।
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पछिल्लो समय तनहुँमा डेंगुको प्रकोप बढेको छ । डेंगुको प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको हो । साढे दुई महिनाकै अवधिमा जिल्लामा झण्डै एक हजार जनामा यसको सङ्क्रमण देखिएको छ ।
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनकुने हत्या प्रकरणमाथि अनुसन्धान जारी रहेको बताएको छ ।
विश्वभरिका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका ८, नयाँगाउँ नजिकै ढकेरी–सम्शेरगन्ज सडकखण्डमा एक्कासी ठूलो खाल्डो (ढ्वाङ) परेको पाइएको छ ।
हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ।