नेपाल सामाजिक, सांस्कृतिक विविधताले सम्पन्न बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ १४२ जातजाति, १२४ भाषाभाषी र १० धर्मावलम्बी बसोबास गर्छन् । यो विविधता सदियौँदेखि नेपालको सामाजिक, सांस्कृतिक मौलिकता र सुन्दरताका रूपमा रहिआएको
हिन्दु धर्ममा महिलालाई देवीका रूपमा नवदुर्गा भगवती, लक्ष्मी, सरस्वती मानेर निकै महत्त्वसाथ पुज्ने प्रचलन छ । अर्कोतिर यही हिन्दु धर्मले महिलालाई पितृसत्ताको नियन्त्रणमा चरणको दासी बनाउने संस्कार र संस्कृति उत्तिकै जबर्जस्त लादिएको छ । यही अन्तरविरोधबिचको पौराणिककालमा ‘हिमालय प्लट’ मा बुनिए
कर्णालीका विभिन्न स्थानमा १२ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ । तोकिए अनुसार पूर्वाधारको कामसमेत सन्तोषजनक नभएको पाइएको छ । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलोपनले योजनाले मूर्त रूप पाउन नसकेको हो । राकमकर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको हो ।
आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।
नाग्म–गमगढी लोकमार्ग अन्तर्गतका १० वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्मका पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुलको निर्माण सम्पन्न नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले १८ घण्टा उत्पादन बन्द गर्ने भएको छ ।
सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो । उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पु
कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो। त्यसका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।
संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण बैतडीका कृष्ण दमाईं रोजगारी नपाएर भौँतारिनुभएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गर्नुभएको हो । २०६४ सालमा कन्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुट्नुभएको थियो । रोजगारीका लागि उहाँका प्रयत्न सफल हुन सकेका छैनन् ।
दाङ घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीले तिजका लागि नयाँ मादल बनाउनुभएको छ। तिजसँगै दसैँ, तिहारलगायतका पर्व नजिकिँदै गर्दा घरखर्चका लागि आयस्रोत जुटाउन उहाँले मादल बनाउनुभएको हो । बनाएका मादल बिक्री भने हुन सकेका छैनन्। केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्नुहुन्छ, “पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।” साढे चार दशकदेखि मादल बनाएर बेच्दै आएका उहाँको मादल बिक्न कम भएको छ । उहाँले पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।
सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्नुभएको छ ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।