• १३ साउन २०८१, आइतबार

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा

सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

blog

मन्त्रिपरिषद् बैठक फाइल तस्बिर

काठमाडौं, चैत २ गते । सरकारले सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रण आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय भएको हो । 

त्यसैगरी सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवासमेत गरेको छ । श्यामलाल ज्ञवाली, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा हुनुभएको छ । सँगै किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा पठाएको छ ।