काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ ।
हिमालपारिकाे जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।
नेपाली कांग्रेसले स्थगित गरेको बिपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धिसँग जोड्नुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा व्यक्त गर्नुहुन्छ ।
आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धूमधामसँग मनाउने प्रचलन छ ।
शङ्करदेव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गर्न आफूले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला-साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।
बुटवलको आधुनिक पशु वधशाला असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताउनुभयो ।
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान खण्डको मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडक खण्ड अवरुद्ध भएको छ ।
ताप्लेजुङको सिँकैचामा जन्मनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा नेकपा [एमाले]का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा राख्नुहुन्छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखासम्म पानी पुर्याएको छ। यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्रभन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर दुरीमा छ।