गोरखाको गण्डकी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल भैरवी डाँडा पुग्ने बाटोको ढलान कार्य तीव्र पारिएको छ । गाउँपालिका–७ सिमालटारदेखि त्यस ऐतिहासिक ठाउँ भैरवी डाँडा सम्म पुग्न निकै सास्ती भोग्नु परेकाले गाउँपालिकाको विशेष पहलमा बजेट माग गरी ढलान गर्ने कार्य अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेनाले जानकारी दिनुभयो ।
हरेक सुनौला बिहानी मुस्काउन् मुस्कुराइरहून् हरेक कर्मशील दिवस
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान महोत्तरी आउने भएका छन् । राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण, अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
शकुन्तलाले नछुनीबारे गरेकी विद्रोह पचाउन नसकेर आश्रम छाडेका महर्षि कण्व लामो समयपछि फर्के । आश्रममा कुनै समस्या थिएन । सबै राम्रैसँग चलेको थियो । उनका एकसे एक काविल शिष्यले कुनै कमी हुन दिएका थिएनन् । गुरुकुल शि
यसपालि हिउँदमा काठमाडौँमा तुसारो खासै परेन । दुई हजार ९२५ मिटर उचाइ रहेको फूलबारीको भूगोलमा भने बिहान उठ्दा कात्तिक नसकिँदै ऐना जस्तै एकनास तुसारो फैलिएको थियो । बोझ थाम्न नसकेर रुख, पात नुहिएका थिए ।
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।
देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
तारानाथ शर्मा बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँको जन्म इलामको बरबोटेमा १९११ असार ९ गते भएको थियो । उहाँ साहित्यको विभिन्न विधामा आफ्नो लेखन प्रतिभाको प्रदर्शन गर्न पारङ्गत हुनुहुन्थ्यो । कथा, उपन्यास, निबन्ध, नि
सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो । मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ । मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिस मैथिल हुन् । मिथिला र यसको राजधानी जनकपुरधाम
बाजुराको सेरा–आँटीचौर सडक अन्तर्गत पर्ने बल्दे–धुरालसैन सडक निर्माणमा ढिलाइ भएको छ । सडक निर्माणको जिम्मा लिएको जयदेवी एसएस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो । २०७९ साल चैत मसान्तसम्ममा काम पूरा गर्ने गरी २०७७ साल असारमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा जयदेवी एसएसले लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यातायात व्यवस्थापनसम्बन्धी विद्यार्थीका माग जायज भएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रादेशिक यातायात ऐन निर्माण गर्न लागेकाले विद्यार्थीले राखेका धेरैजसो मागको सम्बोधन हुने बताउनुभयो । प्रादेशिक कानुन निर्माण गर्नुपर्ने, विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत भाडा छुट दिने निर्णय कार्यान्वयन गर्नुपर्नेलगायत मागसहित स्थानीय युवाबाट प्रस्तुत ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
कोशी प्रदेश अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि ११ किमी पूर्वमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रुम्जाटार । बाइसे–चौबिसे राजाको पालादेखि नै किराँत वंशीहरूले शासन गरेको यस रुम्जाटार क्षेत्रको नामकरण तत्कालीन किराँती राजा रुम बुढाको नामबाट रहन गएको कुरा स्थानीय व्यक्ति बताउँछन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ यस वर्ष नेपालमा ४१ औँ विश्व उपभोक्ता अधिकार दिवस मनाइयो । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ ।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ता हक सुनिश्चित गरिएको छ । यस धारामा “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ” भन्ने उल्लेख छ ।