• १३ साउन २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै

blog

महेशकुमार दास 

जलेश्वर, चैत्र ३ गते । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान महोत्तरी आउने भएका छन् । राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण, अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पिपरा गाउँपालिका स्थित स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुहुँदै  राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

त्यसैगरि जलेश्वर नगरपालिका–५ चौरियामा नव निर्मित उद्यानको समुद्घाटन तथा प्रजातान्त्रिक योद्धा स्व.गणेश नेपालीको प्रतिमा अनावरण कार्यक्रम र सम्बोधन पश्चात् महोत्तरीको मटिहानीस्थित श्री राम माध्यमिक विद्यालयस्थित स्व. केशव कोइरालाको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ । सँगै धार्मिक धरोहर स्थलको रूपमा परिचित मटिहानीको लक्ष्मी नारायण मठमा पूजा अर्चना गर्नुका साथै संस्कृत विद्यालय मटिहानीको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ। मटिहानीमा मै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै मटिहानी नगरपालिकाले नागरिक अभिनन्दन गर्दै राष्ट्रपतिलाई भव्य स्वागत गरिने मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले बताउनुभएको छ ।