• १३ साउन २०८१, आइतबार

‘सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गरौं’

blog

नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँती ।

काठमाडौं, चैत २ गते । नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरि घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ । यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्यूनीकरणको निम्ति आजैबाट जानुपर्छ भन्ने कुरा म जोडदार माग गर्दछु ।’’

उहाँले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्‍याउन नसकेको बताउनुभयो ।