• १३ साउन २०८१, आइतबार

कालिकोटको महावैमा नुनको डिपो स्थापना

blog

मान्म (कालिकोट), चैत १ गते । कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।

महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको बिर्तामोडबाट वितरण गरिने महावैका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनुपरिरहेको छ । यसका लागि स्थानीयले एक हजारदेखि दुई हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अब नुन खरिद गर्न सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । 

उहाँले भन्नुभयो, “आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको हो ।” हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गर्नुभयो । रासस