• २९ वैशाख २०८१, शनिबार

अभिलाषीको कविता सङ्ग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३० गते । राजधानी बाहिर बसेर लामो समयदेखि कविता लेख्दै आएका कवि नवीन अभिलाषीको मौलामा बाँधिएको राँगो नामक कविता सङ्ग्रहको विमोचन भएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कवि तथा समालोचक डा. अमर गिरीले सङ्ग्रहले वर्तमान समयको चेतलाई पछ्याएको बताउनुभयो । 

डा. गिरीले भन्नुभयो, “कविमा इमानदारिता हुनु जरुरी छ, लेखन एउटा अनुशासनको विम्ब हो, त्यसलाई पछ्याउन सक्नुपर्छ ।” कवि नवीन अभिलाषी सचेतपूर्वक समाजका विविध पक्षमा काव्यभाव निर्माण गर्ने कविका रूपमा देखा परेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै कवि नवीन अभिलाषीले कुनै तर्क नगरी यथार्थताको धरातलबाट आफूले कविता लेखेको बताउनुभयो । उहाँले सीमान्त भूगोलमा बाँचिरहेका मानिसको कथालाई कवितामा उल्लेख गरेको भन्दै सामाजिक व्यवस्थाको सुधारात्मक पक्षमा उभिएको बताउनुभयो । कवि अभिलाषीको यो तेस्रो सङ्ग्रह हो ।