• १८ असार २०८१, मङ्गलबार

आज बस्ने एमाले बैठकका एजेन्डा तय

blog

ललितपुर (गोरखापत्र), जेठ ३०  गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरिएको ज्ञवालीले बताउनुभयो ।