चित्रा मिजर
सिन्धुपाल्चोक, चैत २ गते । विकट गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे ठोट्नेरीमा भवन निमार्ण भएको छ । उक्त भवनको पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको छ ।
सो सामुदायिक भवन निमार्णका लागि पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको पहलमा बागमती प्रदेश सरकारले १५ लाख बजेट उपलब्ध गराएको नेपाली कांग्रेसका युवा नेता दिपकविक्रम थापाले जानकारी दिनुभयो । उक्त सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको थियो ।
भवन निमार्ण भएपछि स्थानीय कालिका दिदीबहिनी समूह, हिमचुली समूह लगायतका विभिन्न समूह, संस्था, स्थानीयले उक्त भवन निःशुल्क प्रयोग गर्न पाउने थापाले बताउनुभयो । सामुदायिक भवन नहुदाँ राम्चे गाउँबासीले बाह्रबिसेमा रहेका बिभिन्न संघसंस्था, रिसोर्ट लगायतका हलमा महंगो शुल्क तिरेर कार्यक्रम गर्दै आउनु पर्ने बाध्यता थियो । गाउँमै भवनसहितको हल निमार्ण भएपछि समय, पैसाको बचत भएको थापाको भनाइ छ ।