• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार संशोधन विधेयक’ पेश

blog

काठमाडौं, चैत २ गते । सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेश गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेश गर्नुभएको हो ।

बैठकमा सांसदहरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।