• १६ भदौ २०८१, आइतबार

आईएमई सञ्चालकमाथि गोली प्रहार : तीन जना पक्राउ

blog

प्रहरीले नियन्त्रणमा लिएका आरोपित र उनीहरुले चलाएको मोटरसाइकल । तस्बिरः सशस्त्र प्रहरी

सञ्जयकुमार मिश्र 

गौर, चैत २ गते। रौतहटमा आईएमई सञ्चालकमाथि गोली प्रहार भएको छ। रौतहटको परोहा नगरपालिका ९ मा आईएमई सञ्चालन गर्दै आएका २४ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। गम्भीर घाइतेको साहको वीरगन्जमा उपचार भइरहेको 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो। 

साहमाथि गोली प्रहार गरेर भाग्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको टोलीले तीन जनालाई फक्राउ गरेको हो। डिएसपी शैलेन्द्र थापाका अनुसार घटनामा संलग्न तीन जनालाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

प्रहरीले उनीहरुको साथबाट एक नाल कटुवा पेस्तोल बरामद गरेको छ। उनीहरु शुक्रबार दिउँसो २ बजे इशनाथ नगरपालिका ७ घिउरा बाँसबारीबाट पक्राउ परेका हुन्। सशस्त्र प्रहरी र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न भारत बिहार मोतिहारी जिल्ला घर भएका मुनिसकुमार यादव, राजन पासवानसहित तीन जनालाई  नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो।