• २६ वैशाख २०८२, शुक्रबार

विपत् व्यवस्थापन पाँचवर्षे रणनीतिक योजना तयार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । विपत् जोखिम न्यूनीकरणको पूर्वतयारी, विपत्पछिको पुनस्र्थापना, विपत्को समयमा गर्नुपर्ने व्यवस्थापनलगायतका विषयसहित सो रणनीतिक योजना तयार गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरको विपत् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले यस रणनीतिक योजनाबाट सुरक्षित सहर निर्माणमा योगदान पुग्नुका साथै सहरलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभयो । महानगरको आगामी नीति तथा कार्यव्रmमबारे बिहीबार आयोजित छलफलमा महानगरको विपत् व्यवस्थापन विभागका निमित्त प्रमुख गङ्गाधर गौतमले सो रणनीतिक योजनाबारे जानकारी गराउनुभयो । उहाँले सहरको जोखिममा पहिलो जोखिम आगलागी भएको बताउनुभयो । सामूहिक ज्ञान, सिप र सोचको विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गर्ने बताउँदै उहाँले आगामी वर्ष २०८१ बाट रणनीतिक योजना कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । 

रणनीतिक योजना अनुसार महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, बजेट, कार्यव्रmम प्रस्ताव गरिने उहाँको भनाइ थियो । महानगरको विपत् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले पछिल्लो समय विद्युत्जन्य आगलागीको जोखिम बढ्दै भन्दै आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्कने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।