काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा शनिबार भएको दुर्घटनामा एकको मृत्यु भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको टुण्डी हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
राष्ट्रिय मुक्ति अभियानका संयोजक राजेन्द्र महतोले अब देशभरका पहिचानवादी एक भएर एकात्मक राज्य सत्तालाई अन्त्य गर्नुपर्ने दिन आएको बताउनुभएको छ।
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
ताप्लेजुङमा वनमा लागेको डढेलोले तीन वटा घरसहितका संरचना जलेर नस्ट भएका छन्। प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा वनमा लागेको डढेलोले स्थानीयका घर तथा अन्य संरचना जलेर नस्ट भएका हुन्।
नेपाल कराते महासङ्घले आफ्नो वार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।
हुण्डी कारोवारको आशंकामा नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक करोड ५६ लाख रुपियाँ र पक्राउ परेका आठ जनाको बारेमा विस्तृत छानबिन राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ।
प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ।
ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्।
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको छ ।
रिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत हुनुभएको छ । पोखरा नदिपुरस्थित प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’ बाट हरिवंश र ‘प्रतिभा वर्ष युवा पुरस्कार’बाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि आरबीबीएल तेस्रो इशान कप फुटसल प्रतियोगिता सुरु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ।