जुम्ला जिल्लाको सिँजा नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको मूल थलोसमेत हो। सिँजा सभ्यताका रूपमा यो पालिका विकासको पाइलातिर लम्किँदै छ। भौतिक पूर्वाधार, कृषि, पर्यटन र विकासलाई प्राथमिकतामा राखेको सिँजाको अध्यक्षमा पूर्णप्रसाद धिताल हुनुहुन्छ। जुम्ला जिल्ला सदरमुकाम खलङ्गाबाट १६ कोस उत्तरपश्चिमको यो सुन्दर उपत्यका सिँजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको प्रशासनिक र व्यापारिक केन्द्रसमेत हो। यहाँबाट ३ वटै पालिकाका नागरिकलाई नागरिकता वितरण सेवासमेत हुँदै आएको छ।
‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
दमकका सहकारी संस्थाहरूले दमक नगरपालिकाको सूचना र निर्देशनलाई बारम्बार अटेर गर्ने गरेका पाइएको छ। नगरपालिकाले तोकिएको ढाँचामा आफ्नो विवरण नियमित रूपमा सहकारी शाखामा बुझाउन निर्देशन जारी गरे पनि सोको कार्यान्वयन भएको पाइँदैन।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।
जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा जसपा मधेश प्रदेश समितिले आइतबार आयोजना गरेको एक कार्यक्रमबिच जसपाका अध्यक्ष उपेन्द्र यादवले अभियानको शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी लोकतन्त्रको पक्षधर रहेको जसपालाई आउने दिनमा निर्णायक शक्ति बनाउनका लागि सङ्गठन विस्तार अभियानको शुभारम्भ गरिएको बताउनुभयो।
प्रतिस्पर्धा विसं १९९७ साउन १ गते प्रधानमन्त्री जुद्धशमशेरको पालामा एक सनद जारी भयो तर प्रधान न्यायालय स्थापना हुन सात सालको परिवर्तन नै कुर्नु प¥यो। परिवर्तनको अर्को वर्ष नै नेपालमा प्रधान न्यायालय स्थापना भयो। त्यसभन्दा पहिले प्रधानमन्त्रीले नै न्याय निसाफसमेतको कार्य गर्थे। २०१३ देखि सर्वोच्च अदालत गठन अनि न्याय सेवाबाट कार्य हुन थाले। न्यायका सिद्धान्त र काननुसम्मत न्याय सेवा नागरिकले पाउने सुरुवाती चरणदेखि हालसम्म न्याय सेवाला
नेपालले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेको छ। नेपालको संविधानले राजनीतिक दल खोल्ने स्वतन्त्रतालाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। त्यसै गरी राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसमेतका राजनीतिक दलसम्बन्धी व्यवस्था संविधानको भाग २९ मा रहेको छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय सङ्घीय कानुनबमोजिम हुने छ भनी संविधानको धारा २७२ मा व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता तथा सञ्चालनसम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न र राजनीतिक दलको कामकारबाही तथा आर्थिक व्यवस्थापन
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
सरकारले हरेक वर्षको असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ। यसवर्षको शिक्षा दिवसको नारा ‘समावेशी र सिपमूलक शिक्षा ः स्वदेशमै युवा, राष्ट्रको इच्छा’ रहेको छ। शिक्षा विकासको आधार हो । परिस्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगार तथा उद्यम विकासको आधारशिला हो। ज्ञानमा आधारित समाजको माध्यमबाट देशको दिगो शान्ति र समृद्धिका लागि शिक्षालाई महìवपूर्ण माध्यमका रूपमा स्वीकार गरिँदै आएको छ।
केही वर्षदेखि नेपालको अर्थतन्त्रमा जोखिम देखिँदै आएको छ। मूलतः २०७२ सालको भूकम्प र कोभिड–१९ ले देशको अर्थतन्त्रलाई नराम्रोसँग धक्का दियो। कोभिड नियन्त्रण हुँदै गर्दा रुस–युक्रेनको युद्धका कारणले इन्धनलगायत अधिकांश आयातित वस्तुको मूल्यमा भारी वृद्धि भयो। नेपालको अर्थतन्त्र आयातमुखी भएकाले नेपाली जनताले उच्च मूल्यवृद्धि सहनु प¥यो। यसरी अन्तर्राष्ट्रिय गतिविधिमा भएका घटनाले नेपालको अर्थतन्त्रमा प्रभाव पारिरहेको अहिलेको अवस्था हो।
आत्महत्या रोकथाम विश्वका लागि चुनौती भएको छ। विश्वका विकसित देशलगायत विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय संस्थाको प्रयास हुँदाहुँदै पनि आत्महत्या बढ्दो दरमा छ। कुनै व्यक्तिले आफ्नो जीवन आफैँले समाप्त गर्ने वा आफ्नो हत्या आफैँले गर्ने कार्य आत्महत्या हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्या भन्नाले मनसायपूर्वक वा स्वेच्छिक रूपमा आफ्नो जीवनलाई समाप्त पार्ने कार्यलाई इङ्गित गर्छ। विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो एक दशकमा विश्वका १७२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
१० औँ छायाछवि तिज म्युजिक अवार्ड २०८० बाट सङ्गीतकार बिपी वाग्लेले मौलिक तिज गीतको लय (सङ्गीत) तर्फ यस वर्षको सर्वोत्कृष्ट अवार्ड जित्नुभएको छ ।