• १५ वैशाख २०८१, शनिबार

ट्रायथलनको ‘फेमिलियराइजेसन’ कार्यक्रम

blog

‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रम बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, चैत ४ गते । नेपाल ट्रायथलन सङ्घले आइतबार गण्डकी प्रदेस ट्रायथलन सङ्घ र कास्की जिल्ला ट्रायथलन सङ्घसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सीप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहसँग छलफल गर्नुभएको हो । 

उहाँले ट्रायथलनका लागि सर्वश्रेष्ठ स्थान पोखरामा यस खेलको अपनत्व दिनका लागि यो कार्यक्रमको आयोजना गरेको भन्नुहुँदै यस खेलको इतिहासबारे पनि जानकारी दिनुभएको थियो । सो अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी वैशाख १५ र १६ गते हुँदैछ । 

यसअघि वैशाख ८ र ९ गते पोखराकै स्थनीयलाई लक्ष्यित गरेर टेक्सिनकल अफिसर्स कोर्सको आयोजना गरेर २५ जनालाई प्रशिक्षण दिने निर्णय भएको छ । यसैगरी नेपाल ट्रायथलन सङ्घले गण्डकी प्रदेशलाई लोकल आयोजक कमिटीको जिम्मेवारी दिएको छ ।