• २६ वैशाख २०८२, शुक्रबार

सभापति बनेर पार्टी फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोइराला

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला ।

रामेछाप, चैत ४ गते। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक  कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा  राख्नुभएको हो। 

जिल्ला सभापति कान्छाराम तामा, पूर्व सभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको उपस्थितिमा स्थानीय कार्यकर्ताले बिपी पुत्र कोइरालाले १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व  गर्ने बताए। 

यसअघि सहिद गङ्गालाल फाउण्डेसनले रामेछापमै आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनीति दुई  पेशाबिच ठूलो भिन्नता उल्लेख गर्नुभयो। चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रुपले  आफ्नै राजनीतिलाई डोहोर्याउन नसक्ने  अवस्था रहेको उहाँको भनाइ छ।