प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो । ब्युरोले भने सात दिन मागेको थियो । महरा अस्वस्थ भएकाले हिरासतमा राख्ने अवधिमा अस्पतालमा राखेर अनुसन्धान गर्न पनि अदालतले आदेश दिएको छ । त्यस अनुसार महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
विदेशी विश्वविद्यालयको डिग्री र त्यहाँको सिप सिकेर फर्केका एक युवाले चितवनको माडीमा सुरु गरेको कृषि फार्म यतिबेला जिल्लाकै आकर्षक फार्ममा गनिएको छ । डेनमार्कबाट एग्रो बायोलोजीमा स्नातकोत्तर र हाइटेक अर्गानिक एग्रिकल्चरमा विद्यावारिधि गरेका विज्ञ डा. भानु पोखरेलले माडी नगरपालिका–४, खैरहनीमा माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र स्थापना गरी तीन वर्षदेखि माडी खोलाको बगरलाई कृषिको सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ ।
एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने उहाँले बताउनुभयो ।
फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् । पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।
बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सत्तारुढ दलहरूले साझा न्यूनतम तयार गरी मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित दब जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
प्रहरीले नवलपुरबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको एक वर्ष पूरा भएको छ । गत वर्ष त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियू निर्वाचन भएको थियो ।
छिल्लीकोट दाङको धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल बढेकाले पर्यटन प्रवर्धनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बुझाइ स्थानीयको छ ।