नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसको ११०औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेस्रो दिनको कार्यक्रम बुधबार सुरु भएको छ ।
कञ्चनपुरको बैलोरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिकता स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधान देश विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वर्तमान संविधानले दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको बताउनुभएको छ।
संविधान दिवसको अवसरमा नेपालगन्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ।
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।
काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सुवास नेम्वाङमा सबैलाई मिलाएर लैजान सक्ने अद्भुत क्षमता रहेको थियो भन्ने चर्चा गर्नुभएको छ ।
टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलालीका २३ वर्षीय श्रवण चौधरी बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताउनुभएको छ ।
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।