दिगो ग्रामीण विकास देशको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको विकासका लागि महत्वपूर्ण छ । वैश्विक गरिबीको अधिकांश हिस्सा पनि ग्रामीण छ । यसैले गरिबी उन्मूलनका लागि आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा विकासको दिगो कार्यक्रम सञ्चालन गर्नुपर्ने अनिवार्य आवश्यकता हुन्छ । हुन त गरिबी सहरी र ग्रामीण क्षेत्रमा मात्र सीमित हुँदैन, सबैतिर हुन्छ तर गरिबीको क्षेत्रीय, उपक्षेत्रीय र ग्रामीण सन्दर्भ जटिल हुन्छ । यसकारण स्थानीय स्तरमा उचित प्रयासको माध्यमबाट स्थायी आजीविकामा योगदान गर्ने ग्रामीण विकासमा पहल गर्नुपर्ने हुन्छ । ग्रामीण विकाससँग योगदान गर्ने रणनीतिमा ग्रामीण क्षेत्रको सुदूरता र सम्भावनालाई ध्यानमा राखेर लक्षित विभेदि
कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो ।
शिक्षा पूर्वाधारको पनि पूर्वाधार, विकास एवं समृद्धिको आधार र आर्थिक सामाजिक रूपान्तरणको माध्यम हो । किनकि विकास र समृद्धि ज्ञान र सिपयुक्त दक्ष मानव संसाधनबिना सम्भव छैन । मानव संसाधन विकासका आधारशीला विद्यालय हुन् । शिक्षक यसको मुख्य कर्ता हो । विषयवस्तुको ज्ञान र शिक्षण कौशलमा पोख्त, कामप्रति उत्प्रेरित, सिर्जनशील र पेसाप्रति उत्तरदायी शिक्षकबिना विद्यालय शिक्षाले समाजको माग पूरा गर्न सक्दैन । यसका लागि शिक्षण पेसामा उच्च शिक्षाका मेधावी र अब्बल उत्पादन भित्र्याउनु पर्छ । शिक्षण पेसामा अब्बल र उम्दा जनशक्ति भित्र्याउन यसलाई मर्यादित र थप आकर्षक बनाउनु पर्छ अर्थात् शिक्षण पेसाको उन्नयन र यसको गरिमाको पुनरोत्थान हुन जरुरी छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
सङ्गीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रूपमा वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन गरिएको गीत ‘तिलिचो ताल...’ बाट उहाँले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन [एएनओ] गठन गरेको छ ।
नेपालमा दोस्रो सातामा चलिरहेको चलचित्र ‘उपहार’ ले विदेशमा प्रदर्शनको सुरुवात गरेको छ । चलचित्रको पहिलो सो अमेरिकाको कोलोराडोमा गरिएको छ । जहाँ दर्शक राम्रो उपस्थिति रहेको अभिनेतृ एवं प्रस्तुतकर्ता रेखा थापाले जानकारी दिनुभयो । दर्शकको मागलाई हेरेर कोलोराडोमा १९ मार्चमा अर्को सो पनि राखिएको जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई बढाएसँगै जरिबानामा पर्ने व्यावसायिक संस्थाको सङ्ख्या पनि बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म तीन हजार ३०९ व्यवसायी फर्मको अनुगमन गरिएकोमा ८४२ वटा व्यवसायी फर्म जरिबानामा परेका हुन् ।
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कानबिच सोमबार भएको भेटमा मन्त्री अर्यालले सरोकारवालाको छलफलबाट सकारात्मक राय/सहमति प्राप्त भइरहेको सन्दर्भमा नेपाल सहभागी हुनेसम्बन्धी आवश्यक प्रक्रिया सुरु भइरहेको जानकारी दिनुभयो । त्यसअघि निर्देशक ओज्नाकले उक्त साझेदारीमा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका छन् । औद्योगिक व्यवसाय प्रतिष्ठानले कर्जाका लागि गत माघ १९ गते खुलाएको आवेदनमा विभिन्न क्षेत्रका एक हजार ६५८ वटा आवेदन परेका हुन् । मुलुकमा रोजगार नपाएर दिनहुँ जसो ठुलो सङ्ख्यामा युवा विदेशतिर गइरहेका बेला स्वदेशमै उद्यमी बन्नका लागि स्टार्टअप उद्यम कर्जाका लागि प्रतिष्ठानमा आवेदन परेका हुन् ।
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले बजारमा भुक्तानी बढाउन थालेको छ । पछिल्लो समय माग र खपत घट्दा समग्र बजार नै शिथिल अवस्थामा पुगेकोमा त्यसलाई चलायनमान बनाउन अर्थ मन्त्रालयले केही रकम बजारमा पठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले यसका लागि आफू आइसकेपछि केही बक्यौता भुक्तानी पनि गरिसकेको बताउनुभयो ।