राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि हुने भएको छ ।
सरकारले उपलब्ध गराएको राहत रकम रौतहटको स्थानीय तहले वितरण नगर्दा यहाँका किसान मर्कामा परेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीमा सङ्घीयता प्रति नै वितृष्णा पैदा भएको बताउनुभयो ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ ले जितेको छ । लैनचौर मैदानमा बुधबार भएको फाइनलमा वडा नं १४ ले वडा नं १३ लाई ३–२ गोलले हरायो ।
गोरखाको गण्डकी गाउँपालिका– ८ को बरफेदीमा समयमै वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आफ्नै भवनबाट गाउँपालिकाले सेवा सुचारु गरेको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कुनैपनि बहानामा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको अवसरमा सरसफाइ तथा झण्डोत्सव कार्यक्रम सम्पन्न भएको छ।
हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा जिल्ला बाहिर निकासी गर्न नसकिने भएकाले किसान चिन्तित छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज (बुधबार) उहाँहरूबिच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।
ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा स्याउ फल्न थालेको छ। कञ्चनजङ्घा आधार शिविरको प्रवेशस्थल घुन्सा र फलेमा इटालीबाट बिरुवा ल्याएर रोपिएको स्याउ फल्न थालेको हो।
इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधीनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
ताप्लेजुङमा एकैवर्षमा ५५ हजार मेट्रिकटन बढी आलु उत्पादन भएको छ। गएको वर्ष जिल्लाका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिकटन उत्पादन भएको हो।
दुई सय १० किलो लागूऔषध गाँजासहित जलेश्वरबाट दुई जना पक्राउ परेका छन् ।
म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।