• १३ मंसिर २०८१, बिहिबार

९९ औँ पटक रक्तदान

blog

९९ औं पटक रक्तदान गर्दै सञ्चारकर्मी जायसवाल । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, चैत ६ गते । बाँकेका पवन जयसवालले ९९ औँ पटक रक्तदान गर्नुभएको छ । उहाँले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभयो । जयसवाल पेसाले सञ्चारकर्मी हुनुहुन्छ ।

जायसवालले ९९ औँ पटक रक्तदान गर्दा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सन्दीप आचार्य, प्रशान्त तिवारी, पुनम थापा, केशर सिंह डाँगीलगायतले हौसला बढाउनुभएको छ ।   

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिका सल्लाहकार समेत रहनुभएका जायसवाल विभिन्न पत्रपत्रिकामा आबद्ध हुनुहुन्छ । 

लुम्बिनी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले नेपालगन्ज पश्चिम नेपालकै गम्भीर बिरामी तथा दुर्घटनामा परेका उपचारका लागि आउने प्रमुख स्थान भएकाले जायसवालबाट प्रेरणा लिएर अन्य युवाहरूले पनि रक्तदान गर्नुपर्ने बताउनुभयो ।