• १५ वैशाख २०८१, शनिबार

बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री जफत

blog

अनुगमनमा खटिएको टोली ।

इमान सिं राना

रामपुर (पाल्पा), चैत ६ गते। जिल्लाको रामपुर नगरपालिकाले मुख्य बजार क्षेत्र बाट म्याद नाघेका सामाग्री जफत गरेको छ। बजार अनुगमनको क्रममा ५६ हजार बढीको सामाग्री जफत गरी लिई नष्ट गरेको हो। 

उपभोक्ता हितलाई मध्यनजर गर्दै नगरपालिकाले मंगलबार वडा नम्बर ३ को रजघरा, वडा नम्बर ४ को सदावर्त, वडा नम्बर ५ को मटेरी, बाङ्गेपसल, बेझाँड बजार क्षेत्रमा रहेका ४६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको थियो। 

अनुगमनको क्रममा ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको ३५ प्रकारका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो। 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले मापदण्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको र पटकपटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने बताउनुभयो। 

उपभोक्ता हितलाई मध्यनजर गर्दै अनुगमन गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो। उहाँले स्वस्थ खाद्यवस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चित गरी पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्नु भएको थियो।