• १३ साउन २०८१, आइतबार

नेसपाद्वारा पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन

blog

नेसपा अध्यक्ष महेन्द्रराय यादव । फाइल तस्बिर

काठमाडौं, फागुन ५ गते। नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गरेको छ।

नेसपा अध्यक्ष महेन्द्रराय यादव पक्षको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले यादव पक्षका नेतालाई पदमुक्त गरेको निर्णयलाई अमान्य घोषणा गरेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार बैठकले कोशी प्रदेशका इन्चार्जको जिम्मेवारी राजेन्द्रकुमार किराती र अध्यक्ष विमला अर्याललाई तोकिएको, मधेश ईन्चार्जमा देवेन्द्र यादव र अध्यक्ष प्रमोद यादव, बागमती इन्चार्ज अक्कलबहादुर थिङ र अध्यक्ष बन्दना सुवेदी, गण्डकी इन्चार्ज रमेश पोखरेल र अध्यक्ष ढाकाराम गौतमलाई जिम्मेवारी तोकेको छ। 

लुम्बिनी इन्चार्ज तोक्न बाँकी रहेको र अध्यक्ष उमाशंकर यादव, कर्णाली ईन्चार्ज देवीबहादुर बुढाथोकी र अध्यक्ष तोक्न बाँकी, सुदूरपश्चिम इन्चार्ज  मीनराज बडू र अध्यक्ष विनोद चन्द, गैरभौगोलिक इन्चार्ज ज्ञानेन्द्र कुमाल र अध्यक्ष राधा थापा तथा प्रवास इन्चार्जको जिम्मेवारी नहेन्द्र प्रधानलाई दिइएको उहाँको भनाइ छ।