नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका फोहोर दैनिक रूपमा उठ्न नसक्दा वातावरण दुर्गन्धित भएको छ । फोहोर उठ्न नसकेर वातावरण बिग्रन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आयोजित भेट्रान्स अर्थात् ४० वर्षमाथि उमेर समूहको दौड प्रतियोगितामा पुरुषतर्फ गणेशबाबु निरौला प्रथम हुनुभएको छ ।
मन्त्रिपरिषदबाट पारित भई सङ्घीय संसदमा रहेको विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा देशैभरका शिक्षक आन्दोलनमा छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बिचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।
कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ६ का तीन जना महिला माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घटना लगतै उहाँहरूलाई रास्कोट अस्पतालमा उपचारका लागि ल्याइएपनि यहाँ सम्भव नहुँदा प्रदेश अस्पताल रिफर गरिएको हो ।
सामाजिक सञ्जालको माध्यममा साथी बनाइ जीमेल, फीफा एपको लिङ्क पठाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकि शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा रेग्मीसहित ३६ जनाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाए सरकारले प्रतिबन्ध लगाउने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्तिको अपिल गर्दै प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानले सामाजिक समावेशीकरणलाई सुनिश्चित गरेको बताउनु भएको छ । व्यवहारमा भने चाहे जसरी कार्यान्वयन हुन नसकिरहेको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्तिको अपिल गर्दै प्रदर्शन गरेको छ ।