ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गएको वर्ष यहाँका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिक टन उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र
पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। नगर र गाउँपालिकाले उत्खनन गर्न नदिने निर्णय गरे पनि अहिले ती खोलामा चोरी बढेको छ। वातावरणीय मूल्याङ्कन प्रतिवेदन बनाइसकेपछि मात्र ठेक्काको काम सुरु हुने भनिएको थियो। खोलाको ठेक्का असोजबाट लाग्ने भनिए पनि असारदेखि नै खोलाबाट करोडौँको गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ। हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले त्यसलाई रोक्न खटाइएका गाउँपालिकाका सुरक्षाकर्मीलाई निर्घात कुटपिट हुँदा दुई जना सख्त घाइते भएको बताउनुभयो।
पुरानो भवन तथा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका काभ्रेपलाञ्चोकका प्रहरी चौकी पछिल्लो समय भौतिक पूर्वाधारबाट सम्पन्न हुँदै आएका छन् । सङ्घीय तथा प्रदेश सरकारले २०७२ सालको विनाशकारी भूकम्पपश्चात् जिल्ला प्रहरी कार्यालयलगायत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको कार्यालय भवन निर्माणको कामलाई तीव्रता दिएसँगै प्रहरी कार्यालय भौतिक रूपमा सम्पन्न हुने बाटोमा अग्रसर रहेका हुन् ।
चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन भइसक्दा पनि विषयगत समितिका सभापति चयन हुन सकेका छैनन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले प्रतिपक्षी दल एमालेलाई पनि समेटेर लैजाने सरकारको मनसायका कारण सभापति चयनमा ढिलाइ भएको बताउनुभयो।
प्रदेश सरकारले सल्यानको कपुरकोट–३ र पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा दुई वर्षअघि विषादी परीक्षण प्रयोगशाला स्थापना गरे पनि सञ्चालनमा ल्याउन सकेको छैन । विषादी परीक्षण मेसिन खरिद गरी ल्याउन नसक्दा कार्यालय सञ्चालनमा नआएको बताइएको छ । सो कार्यालयमा प्रदेशको एकीकृत प्रयोगशालाबाट दुई जना कर्मचारी खटाइएको छ ।
डोल्पोबुद्ध गाउँपालिका–३, फोलोङकार्बोमा भदौ २७ गते बेवारिसे अवस्थामा फेला पारिएका बुद्ध मूर्ति प्रमाणीकरणका लागि पुरातत्व विभाग लगिने भएको छ । प्रहरीले बेवारिस अवस्थामा फेला परेका बुद्ध मूर्ति से फोक्सुन्डो गाउँपालिका–४ का लार्जम लामाको घरबाट असार ८ गते अज्ञात समूहले लुटेको बताइन्छ ।
मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ नागरिक भए पनि गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्नुहुन्छ । उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन सक्नुभएको छैन । खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको गुनासो उहाँको छ । “खान लाउनभन्दा पानीको निकै दुःख भयो,” उहाँले भन्नुभयो, “कहिले आउला र घर घरमा पानीको धारा, अब मरेपछि ।”
हिंसामा परेका महिलाको पुनस्र्थापनाका लागि करिब १४ लाख रुपियाँ खर्च गरेर निर्माण भएको महिला सुरक्षा गृह माकुराको जालोले घेरिएको छ । सो गृह विगत ११ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । हिंसापीडित महिलालाई सुरक्षित ढङ्गले राख्ने स्थानको अभावमा मासिक २४ हजार रुपियाँ तिरेर भाडाको घर प्रयोग भइरहेको छ । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, गढीमा हिंसापीडित महिला राख्न सन् २०१२ मा पक्की भवन निर्माण भएको थियो । सो भवनमा खानेपानी, ग्यास चुलो, दाल, चामल र बिस्तारालगायतका सामग्री राखिएको भए पनि भवन सञ्चालनमा नआउँदा माकुराको जालो र झाडीले घेरिएको छ । भवनमा राखिएको दाल, चामल मुसाले खाइदिएको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् ।
काठमाडौंँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु गरिएको छ । संविधान दिवसको अवसर पारेर सुरु गरिएको यो सेवा नगरिकका यात्राको दुरी घटाउने र सहज सेवा दिलाउने राज्यको कर्तव्यको नयाँ थालनी हो । दु्रत बस सेवाको नियमित सञ्चालनले हाल करिब दुई घण्टा लाग्ने सार्वजनिक यातायातको दुरी ४५ मिनेटमा झार्ने योजना छ । राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबारलगायत स्थानमा बिहान यात्रु धेरै आउने र बेलुका निवासमा फर्कने समयमा यातायात
प्रतिनिधि सभाको बैठक १६ दिनका लागि स्थगित भएको छ । समितिमा एक दर्जनभन्दा बढी विधेयकमाथि छलफल गर्न बाँकी रहेको, १६ वर्षदेखिका संवैधानिक अङ्का प्रतिवेदनमाथि छलफल गर्न बाँकी रहेको, सरकारका काम कारबाहीउपर निगरानी गरी सरकारलाई संसद्प्रति उत्तरदायी तुल्याइ सुशासनको प्रत्याभूति गराउनुपर्नेलगायत थुप्रै काम समितिमा थाती रहेको समयमा सभा स्थगित भएको यो अवधिलाई संसदीय समितिहरूले कसरी उपयोग गर्दछन् त्यो विषय महìवपूर्ण हुन्छ । संसदीय समितिलाई मिनि पार्लियामेन्ट भनिने हुँदा समितिका एजेन्डा अर्थात् कार्यभार नै संसद्का पनि एजेन्डा अर्थात् कार्यभार हुन् भनि बुझ्नु पर्छ । संसद् एजेन्डाविहीन भयो भन्नुको अर्थ रहन्न । संसारभर नै पूर्ण संसद्का बैठक दिन दिनै बस्दैनन् । संसदीय समितिका बैठकमार्फत नै सरकारलाई उत्तरदायी बनाउने गरिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल भोलि शनिवार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणको लागि आउन लाग्नु भएको हो ।
बालबालिका भविष्यका जिम्मेवार नागरिक हुन् । समाज विकासको गति उनीहरूको व्यक्तिगत विकासमा निर्भर रहन्छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक, परिवारसँगै समुदायको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । समुदायमा रहेका बालबालिकासम्बन्धी समस्याको पहिचान गर्दै दिगो समाधानतर्फ समयमै ध्यान दिन सकेमा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणमा मद्दत मिल्छ । बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी भन्ने कुरालाई आत्मसात् गर्दै समुदायले उनीहरूको भविष्य निर्माणमा अग्रसर भएर लाग्न सकेमा मात्र बाल अधिकार संरक्षणमा टेवा पुग्न सक्छ ।
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।