रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्कीनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो ।
युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो ।
बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।
रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले मन्दिर क्षेत्रमा रहेका बाँदर र परेवालाई संरक्षण गर्न लागेको हो ।
‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु. ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो वन जङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धि हासिल गरिसकेको बताउँदै अब यसलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउनुहुन्छ । मुलुकमा हाल वन जङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ ।
पोखरा महानगरपालिकाले नियमित रुपमा विद्यालयलाई सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै आन्दोलनका नाममा पठनपाठनमा अवरोध नपुर्याउन आग्रह गरेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धीरता, इमानदारी, सङ्गठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गराउने उद्देश्यले रोजगार मेला सम्पन्न गरेको छ ।
तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।
पर्वत र बाग्लुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन ।
इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट चार सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।