इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो ।
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवालाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो ।
उत्तरी गोरखाको मान्बुमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेनबीच स्वास्थ्य मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।
भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् ।
नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग कलकारखाना तथा व्यवसाय गरेर गरिखाने वातावरण बनाइ दिन आग्रह गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम गर्दै एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको जनाएको छ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभि’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताउनुभएको छ । नेपाल क्रिकेट संघको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्दासमेत प्रदर्शन रोकिएको छैन ।
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता जारी रहेको हो ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको दोश्रो महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।