• २१ वैशाख २०८१, शुक्रबार

हत्या आराेपमा दुई जना पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज ५ गते । उत्तरी गोरखाको मान्बुमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा आरुघाट गाउँपालिका – १ श्यामचेत बस्ने ३१ वर्षीय कर्मा छिरिङ लामा र १८ वर्षीय साने भन्ने सुपराज लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । 

गत भदौ ३० गते बिहान १० बजेको समयमा श्यामचेतकी ६९ वर्षीय लामा आफ्नो घरको कोठामा झुण्डिएको अवस्थामा फोला परेका थिए । फेला परेको शव कुहिन लागेको अवस्थामा रहेको र  शंकास्पद मृत्यु देखिए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरिक्षक शेखर खड्काको नेतृत्वमा टोली घटनास्थल पठाएको थियो । 

प्रहरी निरिक्षकको टोलीले घट्ना स्थलमा विस्तृत प्राविधिक तथा वस्तुपरक अनुसन्धानका क्रममा भदौ २८ गते बेलुका ६ बजेको समयमा सोहि स्थानका बस्ने कर्मा छिरिङ लामा र साने भन्ने सुपराज लामाले सुनमाया लामाको हत्या गरेको खुल्न आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

अनुसन्धानमा देखिएको प्रमाणका आधारमा दुबै जनालाई पक्राउ गरि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । उनीहरुले घरमा कोहि नभएको मौका पारी लामाको घाँटीमा डोरीले दुई तर्फबाट कसी हत्या गरेको दुबै जनाले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । 

हत्या गरे लगत्तै मृतक महिलालाई बलोमा झुण्डाई नगद रकम सहित कानमा रहेको सुनको रिङ लुटेर बिक्री गरेको खुल्न आएको छ । आरोपी दुबै जनालाई बुधबार कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धन थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।