छ जना चर्चित देउडा गायक छ सम्मानित हुनुभएको छ। जिल्लामा देउडा गायन क्षेत्रमा योगदान पु-याएको भन्दै सर्केगार्ड गाउँपालिका–७ को सूर्यतारा आधारभूत विद्यालयले एक कार्यक्रम आयोजना गरी उहाँहरूको सम्मान गरेको हो। विद्यालयका प्रधानाध्यापक गोरबहादुर ऐडीले देउडाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याउनुभएका जिल्लाबाहिर र भित्रका छ जना देउडा गायकलाई सम्मान गरिएको बताउनुभयो। सांसद छिरिङडम्डुल लामाले भानुभक्त जैसी, अदानसिंह कार्की, औसे कामी, जगदीश रावल, जसबहादुर शाही र अछामकी पानसरा थापालाई नगदसहित सम्मान प्रदान गर्नुभयो। सम्मानित भएपछि देउडा गायक भानुभक्त जैसीले यस क्षेत्रको प्रवर्धनमा लाग्न थप हौसला प्रदान गरेको बताउनुभयो। कलाकारबिच चार घण्टासम्म देउडा गाउने कार्यव्रmम भएको थियो ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी निर्माण गर्न लागिएको कालीकोट र जाजरकोटको कभर्ड हल निर्माण कार्य बजेट अपुग हुँदा अघि बढ्न सकेको छैन। तीन वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको कालीकोटस्थित कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा कभर्ड हल निर्माणका लागि प्रदेश सरकारले ५० लाख र सङ्घीय सरकारले ६० लाख बजेट विनियोजन गरेको छ। १४ करोड रुपियाँ लागत अनुमान रहेको परियोजनाको डिपिआर आव २०७७/७८ मा तयार गरिएको थियो।
कैलालीको पथरैया नदीमा पुल निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको हो। लम्कीचुहा नगरपालिका–९, सोनपुर र जोशीपुर गाउँपालिकाको सिमराना जोड्ने पुल निर्माण कार्य शुभारम्भ नहुँदै अलपत्र परेको हो। पुल बनाउनका लागि खाल्डो खनिएका छन् तर अन्य बाँकी काम नगरी निर्माण कम्पनी विगत छ वर्षसम्म सम्पर्कविहीन बनेको आरोप स्थानीयवासीको छ। सङ्घीय सरकारको लगानीमा उक्त नदीमा पुल निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भएको थियो।
डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
वर्षभरिमा एक पटक उत्पादन हुने स्याउ टिप्न जिल्लाका कृषकलाई हिजोआज भ्याइनभ्याइ छ । मुगुको छायानाथ रारा नगरपालिका–४ का युवा कृषक मणिचन्द्र भामको स्याउ बगैँचामा पुग्ने जोकोही पनि रमाउँछन् । उहाँको बगैँचा टाढैबाट पनि राताम्मे देखिन्छ । “गत वर्षभन्दा यो वर्ष स्याउ राम्रो फलेको र दाना पनि ठुला छन्,” उहाँले भन्नुभयो, “यो वर्ष गुणस्तरीय दाना फलेकाले स्याउले राम्रो रङ लिएको छ ।”
चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो ।
बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनपुरको दैजीलाई डडेलधुरा हुँदै बझाङ जिल्लाको देउरा जोड्ने सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा–बेलापुर सडक कालोपत्रेको काम कमसल भएको गुनासो स्थानीयको छ। नवदुर्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित बजेट तथा कार्यक्रमको बिहीबार आयोजित सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीय तथा प्रतिनिधिले सडक कालोपत्रे कमसल भएको गुनासो गरेका हुन्।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
शुक्रबार हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। हलिउडको ‘एक्सपेन्डेबल्स ४’ र बलिउडको ‘द ग्रेट इन्डियन फ्यामिली’ प्रदर्शनमा आएका हुन्। कलाकारहरू जेसन स्थाथम, सिल्भर स्टालोन, फिफ्टी सेन्ट, मेगन फक्स अभिनीत हलिउड चलचित्र ‘एक्सपेन्डेबल्स ४’ सन् २०१४ मा प्रदर्शन भएको ‘एक्सपेन्डेबल’ को यो चौथो शृङ्खला हो। चलचित्रमा आणविकको दुरुपयोग रोक्ने जिम्मा एक्सपेन्डेबल्स टिमलाई दिइएको हुन्छ र उनीहरू आफ्नो जासुसी मिसन लिएर एसियामा निस्कन्छन्।
हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलको गीत ‘सालको पात’ सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ। गीतमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमान्लाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गर्नुभएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् । कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ ।
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ। शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति भएको हो।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्र समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।