तरङ्ग तरङ्गिन्छन्, मनभित्रका उछाल पोखेर । भावनाका तरल तरङ्ग । रोक्न खोजेर रोकिन्न । कुनै हातलमा नि । हुन्न सम्भव । असम्भव प्रायः बनिन्छ । हुन्छ पनि उस्तै, यस्तै, त्यस्तै । जमानामै फ्रान्सेली शासक नेपोलियन बोनापार्टले ‘असम्भव शब्द मूर्खहरूका शब्दकोशमा मात्र भेटिन्छ’ भने थे । समय परिस्थितिले पल्टाइदिए । उनकै महान् वाणी । उनका आवेश शक्ति उपासना साबितिए । युद्ध एक्लै लडिन्न । न लडिन्छ पाखुरीकै भरमा । असम्भव हुन्छ त्यो । तरङ्ग मनभित्रकै आफ्नै । निबन्ध लेखन आफ्नै ।
परापूर्वकालदेखि नै नेपालले मित्रराष्ट्रलाई सैनिक सहयोग दिएको प्रमाण छन् तर आधुनिक काल (विसं १८०१ देखि) को मात्र यहाँ उल्लेख गरिएको छ : पृथ्वीनारायण शाहको पालामा भारतमा अङ्गे्रजको राज थियो । त्यो बेला विशेष गरी सीमा क्षेत्रका गाउँबस्तीमा लुटपाट हुन्थ्यो । मान्छे मारिन्थ्यो । यस्तो आतङ्ककारी काम गर्ने टोलीलाई गोसाइ र बैरागी भनेर चिनिन्थ्यो । आतङ्ककारी कामबाट अङ्गे्रज हैरान भएका थिए । यो समस्या समाधानका लागि अङ्ग्रेजले पृथ्वीनारायण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई अमेरिकाबाटै प्रधानमन्त्री चीन भ्रमणमा जानुभएको हो । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापना अगावै नेपाल–चीनबिच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ट सम्बन्ध थियो । उपहारको आदान/प्रदान र भ्रमणसमेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायत क्षेत्रमा उल्लेखनीय सहयोग छ । दोस्रो लगानी सम्मेलनमा १२ अर्ब डलरको प्रतिबद्धता प्राप्त भयो । यस्तो हितकर मित्रदेशको भ्रमण स्वाभाविक हो र निरन्त
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफूलाई लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रूप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाई स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य; जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्र्थापित भयो भने देश रहने नत्र देशै नरहने भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।
नेपाल कृषिप्रधान देश भन्ने कथन हाम्रो योजनाबद्ध विकासको अवधारणाभन्दा पनि पुरानो छ । नेपालमा कृषि विकासको वृद्धि नेपालीको क्रय शक्ति वृद्धिको दरसँग मेल नखानाले केही दशकपहिले कृषि उपज निर्यातक देशबाट नेपाल कृषि उपजको खुद आयात गर्ने स्थितिमा पुगेको छ । यसबिच नेपालले कृषिमा निकै ठुलो लगानी पनि गरेको छ । यसको बाबजुद नेपालले कृषिमा आशातीत फल भने पाउन सकेको छैन । अझ विश्वव्यापी तापमान वृद्धिबाट हुने क्षतिको कारण विश्वव्यापी खाद्यान्न सङ्कटको प्रक्षेपण
प्रथम गोरखा कप अन्तरविद्यालयको उपाधि सूर्यमुखी बोर्डिङले उचालेको छ । अन्तिम फाइनल खेलमा सूर्यमुखी बोर्डिङ ए लाई ३–० गोलले पछि पार्दै सूर्यमुखी बोर्डिङले सी ले उपाधि उचालेको ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।
मानव जीवनमा भोजन र स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध छ । स्वस्थ जीवनका लागि भोजनको भूमिका अवर्णनीय छ । भोजनको महìव र आवश्यकता केवल शारीरिक स्वास्थ्यका लागि मात्रै नभएर यो मानसिक, आत्मिक र आध्यात्मिक स्वास्थ्यका लागि पनि त्यत्तिकै आवश्यक र महìवपूर्ण छ । मानिसको शरीरमा रोगको प्रवेश खान नपाएरभन्दा पनि खान नजानेर हुन्छ । एक छाक वा एक दिन हामीले नखाँदा वा खान नपाउँदा स्वास्थ्यलाई खासै हानि गर्दैन । एक छाक वा एक दिन हामीले
दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्जका रूपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार साहले निकुञ्ज स्थापना भएको १० वर्षमै पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले यो निकुञ्जमा बाघ अवलोकन गर्नका लागि पर्यटक आउने क्रम पनि बढेको बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यो निकुञ्ज पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जबाट करिब १६ किलोमिटरको दुरीमा पर्छ।
जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग बिहीबार भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्यालयसम्म आइपुगेका राउटे समुदायका मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीले दसैँ खर्च जुटाउन दैलेखदेखि आइपुगेको बताउनुभयो। उहाँले दसैँ खर्चको व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ। मुख्यमन्त्री चौधरीलाई राउटे मुखिया शाहीले भन्नुभयो, “अब दसैँ आइसक्यो, हाम्रा जनताले दसैँमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ । हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनु प¥यो ।”
नवलपुरको पहिरोपीडित दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–५, बागखोरका १८ घरधुरीका १२८ जना दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन्। २०७८ साल असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको अझै स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन। दीर्घकालीन रूपमा बसोबासको व्यवस्था हुन नसक्दा उनीहरू अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका छन्।
जिल्ला सदरमुकाम गमगढी बजारमा शुक्रबार राती अन्दाजी १२ बजे भीषण आगलागी भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्र तिर आठ घर जलेर नष्ट भएका छन्।
कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल क्रिकेट टिमको पहिलो ब्याचका खेलाडीलाई शुक्रबार नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनका क्रममा सम्मान गर्नुभएको छ । सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपालले पहिलो पटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । क्यानले सोही टिमका सबै खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री (एलबी), मनिषराज पाण्डे, सञ्जय गुरुङ, किरणशमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर सम्मानित हुनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण भएको छ। डा. अनिलले लेख्नुभएको पुस्तक ‘जीवन्त सम्बन्ध’ उहाँकी आमा राजकुमारीदेवी सिंहले शुक्रबार लोकार्पण गर्नुभयो। यसअघि ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भइसकेको छ। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्राउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्राउने थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ ।
टेकेन्द्र शाह गायक, सम्पादक र निर्देशकको संयोजित प्रतिभाको नाम हो। अछामको रामारोशनमा सन् १९८७ मा मध्यम वर्गीय परिवारमा जन्मेका टेकेन्द्र देउडा गीतको प्रवर्धन र संरक्षणमा पनि परिचित नाम हो। फूलबारी एफएम, टीकापुरमा रेडियो जकीका रूपमा करिअर सुरु गरेका उहाँको देउडामा आधारित लोक साङ्गीतिक कार्यक्रम लोकप्रिय भयो र त्यसैले उहाँलाई यस क्षेत्रमा लाग्न थप प्रेरणा दियो।