अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाउनुभएको हो ।
बाँकेको खजुराका स्थानीय बासिन्दाले धार्मिक महायज्ञ मार्फत मुठीदान सङ्कलन गरी निर्माण सुरु गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन हुनुभएको छ । शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन हुनुभएको हो भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन हुनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि निर्विरोध चयन हुनुभएको छ । गाउँपालिकास्तर कमिटीको भेलाबाट ती प्रतिनिधि छनौट हुनु भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवम् आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।
नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयभन्दा बढी पुगेको छ ।
युवायुवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा मिस्टर्स एण्ड मिस सौन्दर्य प्रतियोगिता आयोजना गरिने भएको छ ।
यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ ।
रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उहाँको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तनहुँको भानु नगरपालिका –१३ मिलुङस्थित भयरस्थान देवताको मन्दिरमा गएर पूजाअर्चना गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ ।
शनिबार गृह जिल्ला भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताउनुभएको छ ।