प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ।
म्याग्दीको मालिका गाउँपालिका –३, मा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।
साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्सको दोस्रो संस्करण हुनेभएको छ । लायन्स क्लब अफ कपिलवस्तुले असोज २७ गतेदेखि दोस्रो पटक खेलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष ओमप्रकाश घिमिरेले बताउनुभयो ।
दाङमा खुकुरी प्रहार हुँदा महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुराका स्थानीय टेकबहादुर मल्लले आफुलाई देउता चढेको भन्दै खुकुरी प्रहार गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफू जनताको विकासको निरन्तर खटिरहने बताउनुभएको छ । व्यास नगरपालिका –३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
हिमालपारिको जिल्ला मनाङका लेकमा रहेका भेडाच्याङ्ग्रा तथा चौंरीगोठ बिस्तारै बेँसी झर्न थालेका छन् । वातावरण प्रतिकूल बन्दै अत्यधिक चिसो बढ्न थालेपछि भेडा–च्याङ्ग्रा तथा चौँरी गोठालाले बेँसीतर्फ गोठ सार्न सुरु गरेका हुन् ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनले सर्वसम्मतिले नेतृत्व छनोट गर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिए जिल्ला सभाहलको शनिबार उद्घाटन गर्नुभएको छ। गृह जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभयो।
कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकुलमा भर्ना हुनुभयो ।
अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाउनुभएको हो ।