• १४ मंसिर २०८१, शुक्रबार

माओवादी अभियानमा सडक मर्मत

blog

म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँस्थित सडक मर्मतमा सहभागी स्थानीयबासी र माओवादी कार्यकर्ता । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबा), असोज ६ गते । म्याग्दीको मालिका गाउँपालिका –३, मा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । 

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन् । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार वर्षासङ्गै खसेको पहिरोले अवरुद्ध अधिभारादेखि वडा कार्यालय जोड्ने सडक खुलाउन स्थानीयबासी, पार्टीका कार्यकर्ताको सहभागितामा रहेको थियो । 

केही दिन यतादेखिको निरन्तर वर्षाका कारण वडाको बजेटले मात्र मर्मत गर्ने सम्भावना नरहेको समयमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडा अध्यक्ष बुढाको भनाइ छ ।

श्रमदान अन्तर्गत विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ । माओवादी केन्द्रका नेता समेत रहनुभएका वडा अध्यक्ष बुढाले श्रमदान अभियानलाई निरन्तरता दिने बताउनुभयो । 

‘‘वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ’’ वडा अध्यक्ष बुढाले भन्नुभयो ‘‘सडक सुचारु भएपछि स्थानीयबासी सङ्गै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रुहरु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।’’