अर्थतन्त्र बलियो भए शासन व्यवस्था प्रभावकारी हुन्छ । नागरिक क्रियाशील र सम्पन्न हुन्छन् । शासकीय भूमिकामा सरकार मियोको रूपमा रहे पनि आर्थिक क्रियाकलापमा भने निजी क्षेत्रका भूमिका बृहत् छ । निजी क्षेत्रको सक्रियताबाट समग्र अर्थतन्त्रमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र वितरणको समुच्च सुव्यवस्था कायम भई अर्थतन्त्र गतिशील हुन्छ । सरकारले आर्थिक विकासको उपयुक्त वातावरण बनाउने हो भने निजी क्षेत्रले उपयुक्त वातावरणको फाइदा प्राप्त गर्न सक्षमता देखाउने हो । अर्थतन्त्रको सुधारका गर्न लगानी वृद्धि, स्रोतसाधनको उपयोग, प्रविधिको प्रयोग एवं माग र आपूर्तिको सहजताका लागि निजी क्षेत्रको प्रयत्न निरन्तर हुनु पर्छ । अर्थतन्त्रको लाभ प्राप्त गर्दा सामाजिक उत्तरदायित्व र शासकीय साझेदारीमा जिम्मेवार बोध गर्नु निजी क्षेत्रको दायित्व हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जुन देशले विकासको अनुपम उदाहरण हासिल गरेको हुन्छ, त्यस देशको शैक्षिक स्तर उच्च हुन्छ । विकसित देशले शिक्षालाई जहिले पनि उच्च स्थानमा राखेका हुन्छन् । अल्पविकसित अनि अति कम विकसित राष्ट्रहरूको शैक्षिक चेतना तथा शिक्षकको आर्थिक अवस्था ज्यादै नै दयनीय हुने गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
बालबालिकाले अपराध गर्दैनन्, गल्ती मात्रै गर्दछन् । यदि बालबालिकाले गल्ती गरेमा वा बालबालिकाको कार्यबाट कानुन उल्लङ्घन भएमा न्यायिक प्रक्रियामा रहँदा कानुनको विवादमा परेका बालकलाई गरिने व्यवहार नै बाल न्याय हो । बाल न्याय फौजदारी कानुनको एक अङ्गका रूपमा विकास भएको नवीनतम अवधारणा हो; जसले विवादित बालबालिकाको अधिकार संरक्षण गर्ने मूल उद्देश्य बोकेको हुन्छ । बदलिँदो परिवेशमा बाल न्यायको अवधारणा, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भमा
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो; जसमा सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको छ । दिगो विकासमा १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य समावेश गरिएका छन् । जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर १ जनवरी, २०१६ देखि लागु गरेको थियो । विश्वभरका राष्ट्रिय सरकारहरू तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महìवाकाङ्क्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।
पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किनुभएपछि नेपाल समाजवादी पार्टीसँगको एकता टुङ्गो लाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई भारत र महेन्द्र राय यादव चीन भ्रमणमा रहनुभएकाले स्वदेश फर्किनुभएपछि एकताको छिनोफानो लाग्ने भएको हो ।
गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।
“सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क ९एनआरइएन०बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेको छ । मन्त्रालयमा शुक्रबार सरोकारवाला सबै पक्षसँग छलफल गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार असोज १० गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई स्थानान्तरण गर्न लागिएको हो । कोशीटप्पु अहिले गैँडाविहीन छ । सरकारले कोशीमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गराउन लागेको हो । “गैँडा स्थानान्तरणको तयारीमा छौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, “तोकिएकै मितिभित्र गैँडा स्थानान्तरण गर्ने छौँ ।”