नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ ।
दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।
नाम्खा गाउँपालिका– ५ को यारी प्रहरी चौकीको कार्यालय रहेको भवनलाई पालले छोपेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । माटोले छापेको भवनमा पानी पर्दा चुहिने समस्या भएको कारण प्रहरीले पालले छोपेर प्रहरी बस्ने र कार्यालय सञ्चालन गर्नु परि रहेको हो ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।
गौशाला नगरपालिका–८ स्थित ढल्केबर लिक टोलस्थित उखु घारी र आँप बगैँचाबाट वन कर्मचारीले भारी मात्रामा चोरी तस्करीका काठ नियन्त्रणमा लिएका छन् । काठ बरामद भएका स्थान सागरनाथ वन विकास परियोजनाको जङ्गलनजिक पर्छ । सुराकीबाट प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालयका अधिकृत कृष्णकान्त पटेल र माईस्थानस्थित सशस्त्र वन रक्षक जिल्ला कमान्डर अवतार लामाको कमान्डमा खटिएका १६ जना वन कर्मचारीको टोलीले शनिबार उक्त काठ बरामद गरेको हो । वन गस्तीले उखु घारीको बाहिरबाटै काठ चिरेको आवाज सुनेका थिए । आवाज आएतर्फ बढ्दै जाँदा उखु घारीको बिच भागमा रहेको आँप बगँैचामा हाते आराले काठ चिरान भएको दृश्य देखेपछि वनकर्मी नै चकित भएका थिए ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर रहेको बताउनुभएको छ । संसद्मा खुलापनको अभ्यासबारे सञ्चार प्रतिष्ठान नेपाल र युएनडिपीको संसद् परियोजनाले आयोजना गरेको अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पाेखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।
कर्णाली प्रदेश स्थापना भएदेखि हालसम्म कर्णालीको विभिन्न जिल्लामा साढे पाँच सय वटा विद्यालय भवन निर्माण गरिएका छन् । कर्णाली प्रदेश सरकारको विद्यालय भौतिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म १० जिल्लामा गरी ५६६ वटा विद्यालयका दुई हजार ४५ वटा कक्षाकोठा निर्माण गरिएका हुन् ।
बाँके जिल्लाकै पिछडिएको पालिकामध्येको एक नरैनापुर गाउँपालिकाले सानो समयमै विकास निर्माणमा फड्को मारेको छ । पछिल्लो समय नेपालगन्ज–बघौडा हुलाकी सडकको निर्माण र विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरको मुहार नै परिवर्तन भएको छ । विकास निर्माणमा उल्लेखनीय कम गरेकाले इस्तियाक अहमद शाहलाई जनताले दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरेका हुन् । दोस्रो पटक निर्वाचित भएपछि उहाँ झनै सक्रिय भ
उत्तरी छिमेकी चीन स्वशासित क्षेत्र तिब्बतको खासा भएर तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि भएको छ । भदौ १५ गतेदेखि मानव आवतजावत खुला भएपछि आयातमा वृद्धि भएको हो । साउनसम्म दैनिक तीनदेखि पाँच कन्टेनर सामान आयात हुन्थ्यो तर भदौ १५ गतेयता दैनिक २० गाडी सामान आयात भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो । दसैँ नजिकिँदै गर्दा नाकामा चहलपहल बढेको छ ।
पर्वतको कुस्मा नगरपालिकास्थित दुर्लुङ थुममा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयले भवन निर्माणका लागि आएको रकम मन्त्रालयमै फिर्ता गर्ने भएको छ । दुई वर्षसम्म पनि भवन निर्माण गर्न नसकेपछि विद्यालयले भवन निर्माणका लागि आएको ३६ लाख रकम फिर्ता पठाउन लागेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत एक खर्ब ४४ अर्ब ७० करोड रुपियाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।
मुगुमा धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने गुरादेब, बिजयगुरादेब लगायतका मेलाहरू सुरु भएको हो ।