• २६ वैशाख २०८२, शुक्रबार

पाेखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु असोज ७ गते । कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पाेखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो । 

मृतक बालक श्री आधारभूत विद्यालय बकडरियामा बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताउनुभयो । मृतक बालकको शव शनिवार साँझ ६ बजे फेला परेको बताइएको छ । पोखरी नजिकै बालबालिका सँगै खेल्ने गर्दा उनी हराएका थिए ।