बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित दलबीच अन्तरपार्टी छलफल चलिरहेको बताउनुभएको छ ।
घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो ।
आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् ।
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । आलु खेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ ।
सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।
हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।
आयोडिनयुक्त नुन उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।
जुम्लामा मष्टो परम्पराको धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने यी मेला सुरु भएपछि अहिले यस क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरूका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा सुरु हुने मेला सुरु भएपछि गाउँमा चहलपहल बढेको हो ।
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।
बालबालिकाहरु ध्यान दिएर काम गर्दैछन् । कोही कागज काट्दैछन्, कोही रङ भर्दैछन् । कोहीले तार जोड्दै छन्, कोहीे चिप्स जोड्नमा व्यस्त छन् ।
उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक(सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।
कोशी प्रदेशमा बलियो उपस्थिति जनाउँदै आएको नेकपा (एमाले) प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।