बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल सुरु गर्ने निर्णय गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले अब देशलाई समृद्ध बनाउन आर्थिक क्रान्ति र जनतालाई मालिक बनाउने अभियानको नेतृत्व जसपाले गर्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सुरु गरेको छ । विराटनगरका सबै वडामा क्रमशः शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने भएको हो ।
प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित दलबीच अन्तरपार्टी छलफल चलिरहेको बताउनुभएको छ ।
घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो ।
आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् ।
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । आलु खेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ ।
सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।
हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।