बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताउनुभएको छ ।
डेढ वर्षअघि चुनावको समयमा पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र बाँड्दै हिँडेका नगरप्रमुख (मेयर) अहिले डेंगु नियन्त्रण गर्ने अभियानमा लाग्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागू गरिएको छ ।
गोरखामा चाइनिज सालक र हुचिलको उद्धार गरिएको छ । गण्डकी गाउँपालिका –८ मा रहेको दुई वन्यजन्तु उद्धार गरिएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ ।
जुम्ला विमानस्थल विस्तार गरिनेभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपियाँ ६१ पैसा स्वीकृत गरी आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम पठाएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई विपतमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री प्राप्त भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारको कार्यमा प्रयोग हुने आवश्यक सामग्री मैवाखोला गाउँपालिकालाई प्रदान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउन लाग्नुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका १९० जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमअनुसार १९ वटै वडाबाट छनोट गरेर धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थाटनमा पठाएको हो ।
जिल्लाको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका वडा नं. १२ स्थित स्वास्थ्य चौकी नैन्हीमा रहेको बर्थिङ सेन्टर गाईभैँसी र बाख्राको खुल्ला गोठमा परिणत भएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि असोजको तेस्रो हप्ता ‘घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव २०८०’ आयोजना गर्ने भएको हो ।