आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।
गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो । विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ ।
नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वानहरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ । पं काशीनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । त्यसै गरी प्रतिष्ठानले सिन्धुली जिल्लास्थित कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरेको छ । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलको पुस्तक ‘जीवन तरङ्ग’ कृतिको लोकार्पण पनि गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
संसारमा बुद्धका मूर्ति विभिन्न आकार र प्रकारका छन् । बुद्धका रूप नै फरक फरक रहेका अवस्थामा त्यो स्वाभाविक पनि मानिन्छ । ती सबैको पूर्वरूप भने हालको पाकिस्तानको गान्धारमा बनाइएको मानिएको छ । प्राचीन कपिलवस्तुमा भएको आक्रमणबाट बच्न भागेका शाक्य सेनाको एक समूह गान्धार पुगेको र अर्को काठमाडौँ आएको बौद्ध इतिहासमा पाइन्छ । गान्धार पुगेका तिनै शाक्यहरूबाट त्यहाँ बौद्ध परम्परा विस्तार भएको इतिहासविद् बताउँछन् ।
बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक सातादेखि पानीगौँथली मोहना नदीको बलौटे बगरमा देखिएका छन् । भारतमा रहेको उत्तर प्रदेशस्थित घाँघरा, गङ्गा र शारदा जस्ता ठुला नदी बगरका रैथाने पानीगौँथली गर्मी याममा बसाइँ सरेर कैलालीको मोहना नदीमा आउने गरेका छन् । यो वर्ष छ हजार तीन सय पानीगौँथली मोहना नदीमा आएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । यहाँ आउने पानीगौँथली चराको हरेक वर्ष गणना हुँदै आएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा रहेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहितका २४ जना दिवंगत संरक्षणविदहरुको सालिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले ताप्लेजुङले पार्टीको कोशी प्रदेश अधिवेशनका लागि पचास जना प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार रहनेगरी प्रतिनिधिको छनोट गरेको हो ।
प्रहरीले गैँडा मारेर खाग चोरी गरेको मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका १६ स्थित हटियाबाट हाल सोही वडामा बस्दै आएका चितवन जिल्ला पदमपुर घर भएका विष्णु कार्की र काले बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले प्रदेश तथा स्थानीय शासन व्यवस्थाले सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ।
१९औं एसियाड दौरान भियतनामविरुद्ध पहिलो खेलमा घाइते हुनुभएकी नेपालकी महिला फुटबल खेलाडी सरु लिम्बु चोटका कारण ६ देखि ९ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । मिडफिल्डर सरुको आइतबार घुँडाको सफल शल्यक्रिया भएको छ।
यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार मनाइँदैछ । दिवसको अवसरमा पर्यटकीय नगर पोखरामा मिनीसडक महोत्सव हुनेभएको छ ।
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ।