• ६ जेठ २०८१, आइतबार

तीन सर्जक सम्मानित

blog

काठमाडौँ, असोज ७ गते । नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वानहरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ । 

पं काशीनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । त्यसै गरी प्रतिष्ठानले सिन्धुली जिल्लास्थित  कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरेको छ । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलको पुस्तक ‘जीवन तरङ्ग’ कृतिको लोकार्पण पनि गरिएको थियो । 

कार्यक्रममा प्राडा माधवप्रसाद पोख्रेलले संस्कृत भाषा तथा साहित्य नेपाली तथा पूर्वीय सभ्यताको मूल जग हो भन्दै संस्कृत भाषाको जगेर्नाका लागि एकजुट हुन आग्रह गर्नुभयो । 

उहाँले संस्कृत भाषाको प्रवर्धनका लागि पं काशीनाथ उपाध्याय, हरिप्रिया कट्टेललगायत वाङ्मय प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गर्नुभयो ।